सुनसरीका तीन निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता कायम
सुनसरी | मंसिर ६, २०७९
काठमाडौं: सुनसरीका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ९७३ मतसहित सुरुवाती अग्रता कायम गरेकी छिन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राई ९५१ मतसहित दोस्रो स्थानमा छन् । एमालेबाट बागी उम्मेदवार बनेका मनोजकुमार मेयाङ्गो ९१० मतसहित तेस्रो स्थानमा रहँदा एमाले गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई चौथो स्थानमा छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा ७४६ मतसहित पाँचौं स्थानमा पुगेका छन् ।
सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाकै लालविक्रम थापा ८९४ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सिताराम महतो ७०५ मतसहित दोस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका भीमप्रसाद आचार्य ६२६ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, सुनसरी ३ मा कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी ७३४ मतसहित दोस्रो स्थानमा रहँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार ५३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
सुनसरी ४ मा भने रास्वपाका जीवनकुमार श्रेष्ठ ५५३ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७९८ मतसहित अग्रता कायम गर्दा नेकपा एमालेका जगदिश प्रसाद कुसियैत १ हजार ६९२ मतसहित दोस्रो स्थानमा छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

